प्रदेश-१ प्रदेश सभाको प्रथम अधिवेशन १७ पुसमा


काठमाडौं ।  प्रदेश नम्बर १ को प्रदेश सभाको प्रथम अधिवेशन पुस १७ गतेका लागि बोलाइएको छ । प्रदेश प्रमुख परशुराम खापुङले मंगलबार  एक सूचना जारी गर्दै संसदको अधिवेशन डाकेका हुन् ।

नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम प्रदेश सभाको प्रथम अधिवेशन डाकेका हुन् । सोमबार प्रदेश १ को मन्त्रिपरिषद् बैठकले प्रदेशसभा अधिवेशन बोलाउनका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गरेको थियो ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।