महान्यायाधिवक्तामा डा. दिनमणि पोखरेल सिफारिस



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महान्यायाधिवक्तामा अधिवक्ता डा.दिनमणि पोखरेललाई सिफारिस गरेका छन् । हिजो (सोमबार) महान्यायाधिवक्ता खम्मबहादुर खातीले राजीनामा दिएपछि सरकारले अधिवक्ता पोखरेललाई सिफारिस गरेको हो ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले महान्यायाधिवक्ता नियुक्त गर्ने संवैधानिक प्रावधान रहेको छ । पोखरेल तत्कालीन सभामुख ओनसरी घर्तीमगरका कानुनी सल्लाहकार थिए ।

प्रतिक्रिया दिनुहोस्