अमेरिकी नागरिकलाई गृहमन्त्री बनाउने संसदीय व्यवस्थाको नीति हो ?



काठमाडौं । नेकपा (बहुमत)का संयोजक धर्मेन्द्र बास्तोलाले सरकारमाथि गम्भीर प्रश्न गरेका छन् । उनले अमेरिकी नागरिकलाई गृहमन्त्री बनाउने संसदीय व्यवस्थाको कुन नीति उल्लेख गरिएको छ भन्दै सरकारलाई प्रश्न गरेका हुन् ।

आज (मंगलबार) पत्रकार सम्मेलनको आयोजनामा नेकपा (बहुमत) र नेकपा मसालबीच एकता हुनेबारे जानकारी गराउँदै उनले यस्तो प्रश्न गरेका हुन् । धमेन्द्रले मंसिर ४ गगतेको निर्वाचनमा खसेको मतबाटै संसदीय व्यवस्थामाथि असन्तुष्टि देखेको बताए ।

उनले नागरिकता विवाद नटुङ्गिँदै रवि लामिछानेलाई गृहमन्त्री बनाएको प्रति असन्तुष्टि व्यक्त गरे । ‘रवि छामिछानेले गृहमन्त्री नपाए समर्थन फिर्ता गर्छु भन्नुभयो । उहाँको नागरिकता विवादबारे सर्वोच्च अदालतमा मुद्दा छ । नेपाली नागरिक हो कि अमेरिकी भन्ने टुंगो भएको छैन । कानुनी हिसाबले उहाँले नेपाली नागरिकता छाडिसक्नुभएको छ । उहाँ एउटा अमेरिकन नागरिकका हिसाबले चुनावमा जानुभयो र जित्नुभयो,’ बास्तोलाले भने ।

उनी भन्छन्, ‘भोलि अदालतले सफाइ देला तर त्यो अलग कुरा भयो । तर, अदालतको फैसला नआउँदा नै गृहमन्त्री भए । त्यसले यो व्यवस्थामा कुनै नीति र नैतिकता नभएको देखाउँछ । अराजकता मात्रै छ ।’

नागरिकता सम्बन्धि अदालतमा मुद्दा विचाराधिन हुँदाहुँदै उपप्रधानसहित गृहमन्त्रीको जिम्मेवार दिनु कानुनी संवत नभएको उनले जिकिर गरे ।

प्रतिक्रिया दिनुहोस्