चार मन्त्रीले पनि लिए पद तथा गोपनीयताको शपथ


काठमाडौं ।

पुष्पकमल दाहाल नेतृत्वको सरकारमा सहभागी चार मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले चार मन्त्रीलाई शपथ खुवाएकी हुन् ।

एमालेबाट मन्त्री बनेका दामोदार भण्डारी, राजेन्द्र राई, ज्वालाकुमारी साह र जनमत पार्टीका अब्दुल खानले शपथ लिएका हुन् ।मन्त्रीका लागि एमालेले सिफारिस गरेकी साह भने शपथ ग्रहण कार्यक्रममा केही ढिला पुग्दा उनलाई राष्ट्रपति भण्डारीले एक्लै शपथ खुवाएकी थिइन ।

चारै जना मन्त्रीको कार्यभार भने तोक्न बाँकी रहेको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।