तीन उपप्रधानमन्त्री पौडेल, श्रेष्ठ र लामिछानेले लिए शपथ



काठमाडौं । 

राष्ट्रपति विद्यादेवी भण्डारीबाट तीन उपप्रधानमन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

एमालेबाट विष्णु पौडेल, माओवादीबाट नारायणकाजी श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले उपप्रधानमन्त्रीको शपथ लिएका हुन् ।

उक्त कार्यक्रममा पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, केपी शर्मा ओली, माधव नेपाल, डा. बावुराम भट्टराईलगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्