विष्णु पौडेल बने उपप्रधानमन्त्री तथा अर्थमन्त्री


काठमाडौं ।

नेकपा एमाले पार्टी उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा सरकारमा सहभागी हुने भएको छ । पौडेल उपप्रधान तथा अर्थमन्त्रीका रूपमा सरकारमा सहभागी हुने भएका छन् ।

माओवादी अध्यक्ष प्रचण्डको नेतृत्वमा गठन हुने सरकारमा मन्त्रालय बाँडफाँडका लागि सत्ता गठबन्धनको बैठक चलिरहेको छ । बैठकले एमालेलाई अर्थ मन्त्रालय दिने टुङ्गो लगाएको हो । यस्तै दामोदर भण्डारी, ज्वाला साह र राजेन्द्र राईलाई मन्त्री बनाउने एमालेको तयारी छ । उनीहरूको सम्भवतः आजै शपथ ग्रहण हुनेछ ।

केही बेरपछि नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शपथ लिँदैछन् । राष्ट्रपति कार्यालय शितल निवासमा हुने शपथ कार्यक्रममा सत्ता गठबन्धनबाट सिफारिसमा परेका अन्य उपप्रधानमन्त्री तथा मन्त्रीहरूले शपथ दिने जनाइएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।