रास्वपा सरकारमा सहभागी हुने या नहुने विषयमा छलफल गर्दै



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक बस्ने भएको छ । आज (आइतबार) रास्वपा सरकारमा सहभागी हुने या नहुने विषयमा संसदीय दलको बैठक बस्ने हो ।

दलको विधान मस्यौदा र नयाँ सरकार गठनमा सहभागी हुने या नहुने विषयमा सामूहिक धारणा संसदीय दलको बैठक बस्दैछ । बैठक आज दिउँसो १ बजे बसुन्धारामा बस्ने भएको हो ।

रास्वपाका अध्यक्ष रवि लामिछाने सरकारमा सहभागी हुने पक्षमा देखिएका छन् । यसबारे औपचारिक निर्णयका लागि दलको बैठक बस्न लागेको बताइएको छ ।

सत्ता गठबन्धनको स्पष्ट बहुमत नभएको अवस्थामा रास्वपालाईसमेत सरकारमा सहभागी गराउँदा सरकार र संसद्को स्थायित्वमा सहयोग पुग्ने छ । प्रतिनिधि सभामा रास्वपाका २० जना सांसद छन् ।

प्रतिक्रिया दिनुहोस्