बाजुरामा मतपेटिकामा आगजनी



काठमाडौँ।

बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकामा मतपेटिकामा आगजनी भएको छ । स्वामिकार्तिक खापर गाउँपालिका–१ को भगवती आधारभूत विद्यालय मतदान केन्द्रमा प्रदेशसभा समानुपातिकतर्फको मतपेटिकामा आगजनी भएको हो ।

मतसहितको मतपेटिका जलेपछि अहिले मतदान कार्य रोकिएको प्रहरीले जनाएको छ ।कसले आगो लगायो भन्ने खोजी भइरहेको प्रहरीको भनाइ छ।

कुल ८४० मतदाता रहेको उक्त मतदान केन्द्रमा ५२८ मत खसेको थियो ।

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्