फरक पेटिकामा मत खसेपछि पुन: मतदान



नवलपरासी ।

पिठौली आधारभूत विद्यालय टङ्गरी केन्द्रमा एक मतदाताले फरक पेटिकामा मत खसालेपछि पुन: मतदान गरिएको छ ।

मतदानको क्रममा सोही बिद्यालयको ख केन्द्रमा प्रतिनिधि सभाको मतपेटिकामा प्रदेशको मत खसेपछि पुन मतदान गरिएको हो ।मतदानको प्रारम्भिक चरणमै मतपत्र साटिएको थाहा लागेको तत्कालै त्यसलाई सच्याउँदै मतदान सुचारु भएको एक प्रतिनिधिले बताए ।

पूर्वी नवलपरासीमा २ लाख ६० हजार ४ सय ६१ मतदाता रहेको र यहाँका ३ सय २ मतदान केन्द्रमा अपराह्न सम्म ३० प्रतिशत मत खसेको केन्द्रीय निर्वाचन कार्यालयले जनाएको छ । विभिन्न दल र स्वतन्त्र गरी ६८ उम्मेदवार चुनावमा रहेको यश जिल्लाका मतदान स्थलमा मतदाता आउने क्रम सुस्त देखिएको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्