झमक कुमारी घिमिरेले गरिन् मतदान



धनकुटा ।

साहित्यकार झमक कुमारी घिमिरेले धनकुटा–६ स्थित बहुउद्देश्यीय सामुदायिक भवन मतदान केन्द्रबाट मतदान गरेकी छिन् ।

घिमिरेले बिहान ११ बजे आफ्नो निवास कचिडेबाट १५ मिनेट नजिकको केन्द्रमा मतदान गरेकी हुन् ।शारीरिक अवस्था जटिलता रहेकी उनलाई अटोमा राखेर मतदान केन्द्र बाहिरसम्म लगिएको थियो ।

मतदान स्थलमा भने घिमिरेका परिवारका सदस्यले बोकेर लगेका थिए । घिमिरेले देब्रे खुट्टाको औँलाले मतपत्रमा स्वस्तिक छाप लगाएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्