एमालेका उपाध्यक्ष विष्णु पौडेलले गरे मतदान



बुटवल ।

नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णु पौडेलले बुटवल सडक डिभिजन परिसरबाट मतदान गरेका छन् । उनी रुपन्देही २ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार पनि हुन् ।

मतदानपछि पत्रकारसँग संक्षिप्त कुरा गर्दै नेता पौडेलले आम निर्वाचनपछि देश राजनीतिक स्थायित्व,अग्र गति,प्रगति र समृद्धितिर जाने बताएका छन् । निर्वाचनमा मतदाताको उत्साहपूर्ण सहभागिता देखेर आफूहरू अत्यन्तै खुसी भएको समेत पौडेलले बताउनुभयो ।

विगतका तीता मिठा केही अनुभवहरूबाट शिक्षा लिएर देशलाई समृद्धितर्फ लिएर जाने निष्कर्ष यो निर्वाचनले दिने पौडेलले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्