सशस्त्र प्रहरीद्वारा गाँजा बोकेको ट्रक नियन्त्रणमा


सर्लाही । सर्लाही जिल्लाको मलंगवा नगरपालिका ११ गमरिया स्थित मलंगवा नवलपुर सडकखण्डबाट कार्तिक ३० गते सशस्त्र प्रहरीले करीव २ सय १० के।जी। गाँजा बोकेको ट्रक नियन्त्रणमा लिएको छ ।

विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल बिओपी मलंगवाले प्रदेश ३–०१–००६ ख १७०४ नम्बरको ट्रकमा मिनरल वाटरको कार्टुनले छोपी राखेको १४ पोका गाँजा फेला पारेको हो ।

बरामद गाँजा तथा ट्रक आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीलाई बुझाईएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।