इन्डो नेपाल किकबक्सिङमा नेपाललाई १५ स्वर्ण



काठमाडौं । गत कार्तिक २० र २१ मा भारतको पन्जाबस्थित नवन सहरमा भएको प्रथम इन्डो नेपाल कुङ्ग फु कराते किकबक्सिङमा नेपाल १५ स्वर्णसहित टीम विजेता बनेको छ । नेपालबाट विभिन्न खेलमा करिब २० खेलाडीे र अन्य देशका समेत गरी ५ सय खेलाडीको सहभागिता रहेको आयोजकका प्रमुख रामकुमार गुरूङले बताए ।

महिला र पुरूष गरी विभिन्न तौल र उमेर समूहमा विभाजन गरी आयोजना गरिएको प्रतियोगितामा नेपालले १५ स्वर्ण, ८ रजत र २ कास्य जितेको थियो । प्रतियोगितामा आईकेकेएफका सुनमाया तामाङ ‘सिर्जना’, सिमृका तामाङ, अर्पण रावलले स्वर्ण जिते ।

त्यस्तै किकबक्सिङबाट सुमन खड्का, मिला तामाङ, विजय तामाङले स्वर्ण जितेका थिए । साथै कुङ्ग फुका मनिम लामा, प्रचिता तामाङ, प्रमिला तामाङ, रञ्जित राईले स्वर्ण हासिल गरे ।

प्रतिक्रिया दिनुहोस्