डोटीमा ट्याङ्कर दुर्घटना, एक जनाको मृत्यु


धनगढी । डोटीमा ट्याङ्कर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाक जिल्लाको केआइ(सिंह गाउँपालिका ४ काफलीमा सडक मर्मतका लागि पानी लग्दै गरेको ट्यांकर दुर्घटना भएको हो ।

ना२ख ६८२७ नम्बरको ट्याङ्कर दुर्घटनामा हुँदा चालक डडेल्धुराको आलिताल गाउँपालिका(८ का ३८ वर्षीय दानबहादुर धामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

दुर्घटनामा चालक धामी ट्यांकरमुनि च्यापिएर गम्भीर घाइते भएका उनको उपचारका लागि पठाउँदै गर्दा मृत्यु भएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।