प्रशंसनीय खोज दृष्टिकोण प्रशिक्षण नेपालमा



काठमाडौं । प्रशंसनीय खोज दृष्टिकोण प्रशिक्षण हुने भएको छ । आज (बुधबार) इस्टर्न रिसर्च इन्स्टिच्युट अफ पोजिटिभ साइन्सले एक सूचना जारी गर्दै आगामी पुष १ गतेदेखि ४ गतेसम्म उक्त प्रशिक्षणको आयोजना गरेको जनाएको छ ।

इष्टर्न रिसर्च इन्स्टिच्युट अफ पोजिटिभ साइन्सले सकारात्मक रुपान्तरणको लागि तालिम तथा अनुसन्धान कार्य गर्ने उद्देश्यले यो प्रशिक्षणको आयोजना गरेको बताएको छ ।

२०६९ मंसिर २५ गते विधिवत दर्ता भएको यो संस्थाले स्थापनाकालदेखि नै विद्यालय तथा विश्वविद्यालय, राष्ट्यि तथा अन्तर्राािष्ट्रय गैरसरकारी संस्था, बैक तथा निजी संघ संस्थासँग सहकार्य गरी तालिम तथा अनुसन्धान कार्य सञ्चालन गर्दै आइरहेको छ ।

प्रशंसनीय खोज दृष्टिकोणले व्यक्ति, परिवार, समाज, तथा संस्थाहरुमा सुषुप्त अवस्थामा रहेका सकारात्मक पक्षको उजागर गर्दै आएको छ ।

यस प्रशिक्षणको सदुपयोगले यथास्थितिमा रुमलिएको जीवनमा नयाँ अवसर सिर्जना गर्ने छ । ४ दिनसम्म सञ्चालन हुने यस तालिमका सहजीकरण यस विधिका संस्थापक प्रोफेसर डा. डेभिड कुपर राइडर तथा प्रोफेसर डा. रोनाल्ड फ्राईका विद्यार्थी तथा सर्टिफाइड प्रशिक्षक डा.राम चन्द्र लामिछानेले गर्ने आयोजक तथा निर्देशक रिवाज लामिछानेले बताए ।

प्रतिक्रिया दिनुहोस्