ललितपुर महानगरको वडा नं २६ र २७ मा मन्त्री भुसालको घरदैलो



nlntk’/, @) sflQs . pmhf{, hn;|f]t tyf l;FrfO dGqL Pj+ nlntk’/ If]q g+ # sf pDd]bjf/ kDkmf e’;fnnufot jfd nf]stflGqs u7aGwgsf pDd]bjf/x? cfO{taf/ nlntk’/sf] ;’gfsf]7Ldf :yfgLo hgtf;Fu cfkm”x?nfO{ dtbfg ug{ cfu|xub}{ 3/b}nf] sfo{qmddf . tl:a/ M /Tg >]i7, /f;; .

ललितपुर।

वाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट ललितपुर क्षेत्र नं ३ का उम्मेदवार पम्फा भुसालले ललितपुरवासी जनताको सेवकका रुपमा काम गर्ने दृढताका साथ आफू फेरि जनताको घरदैलोमा आएको बताउनुभएको छ ।

क्षेत्र नं ३ का विभिन्न स्थानमा आज आयोजित घरदैलो कार्यक्रममा उहाँले ललितपुरवासीको गुणस्तरीय जीवनयापन गर्नेअधिकारलाई व्यवहारतः कार्यान्वयन गर्न आफू लागि पर्ने बताउनुभयो । आइतबार उहाँले ललितपुर महानगरपालिका वडा नं २६ को चिवहाल, ढोलाहिटी, जैनखेल र सुनाकोठी तथा वडा नं २७ को चौतारा, ओखाट र बालकुमारीका मतदातासँग अन्तरक्रिया गर्नुभयो ।

 

घरदैलो अभियानका क्रममा उहाँले आफूले यसअघि थालनी गरेको विकासका कामलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । २०७४ सालको निर्वाचनमा विजयी भएयता आफूले जनतासँग अन्तरक्रिया गर्दै जनअपेक्षा पूरा गर्न लागि पर्दै आएको बताउनुभयो ।

निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रममार्फत क्षेत्र नं ३ का स्थानीयको विकासका आकाङ्क्ष पूरा गर्न आफूले बजेट निकासा गरेको उहाँले स्मरण गर्नुभयो । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीसमेत रहनुभएका उहाँको पहलमा सो क्षेत्रमा थुप्रै विकासका काम भएका छन् । उहाँको विशेष पहलमा मच्छिन्द्रनाथ र कार्यविनायक जोड्ने झोलुङ्गे पुल निर्माण सम्पन्न भएको छ । सो पुलले दुई सांस्कृतिक सम्पदालाई एकापसमा जोडेको छ ।

 

सो स्थानमा पुल नहुँदा कार्यविनायक र मछिन्द्रबहाल पुग्ने पर्यटक एकअर्को स्थानमा जान कठिनाइ थियो । पुल बनेसँगै छोटो अवधिमा दुवै स्थानमा पुग्न सकिने भएको छ । पुल निर्माणसँगै आन्तरिक र बाह्य पर्यटकलाई दुवैस्थानको भ्रमणका लागि सहजीकरण हुने स्थानीयको भनाइ छ ।

मन्त्री भुसालले ‘अबको भिजन, गुणस्तरीय जीवन’ दृष्टिकोण प्रस्तुत गर्नुभएको छ । ललितपुरको कला, संम्पदा, संस्कृति र परम्परालाई यहाँको हरेक घर परिवारको आर्थिक उपार्जनसँग जोडेर आगामी पाँच वर्षभित्र ललितपुरवासीको गुणस्तरीय जीवन जीउने आधार तयार गर्ने उहाँको दृढता छ ।

गुणस्तरीय जीवन समाजवादको प्रस्थान विन्दु रहेको, त्यसका लागि पर्यटनमा आधारित अर्थतन्त्र, समतामूलक समाज र स्वच्छ पर्यावरणलाई तत्काल विशेष प्राथमिकता दिएर सो अनुरुपका नीति तथा कार्यक्रम तर्जुमा गर्न आफू प्रतिबद्ध रहेको उम्मेदवार भुसालको भनाइ छ । उहाँले प्रतिबद्धतापत्रमार्फत अर्थतन्त्र, पर्यावरण÷वातावरण र समाजलाई गुणस्तरीय जीवनका तीन आधारस्तम्भका रूपमा आगाडि सार्नुभएको छ । उम्मेदवार भुसालले भोलि बिहान ७ बजे कुपण्डोलबाट घरदैलो अभियान थाल्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस्