पीजीको प्रवेश परीक्षा स्थगित



काठमाडौं  ।

चिकित्सा शिक्षा स्नातकोत्तर (पीजी) तहको एकीकृत प्रवेश परीक्षा सरेको आयोगले सोमबार जारी गरेको सूचनामा उल्लेख गरिएको छ । सूचनामा एकीकृत प्रवेश परीक्षा कार्यक्रम स्थगन भएको र अनलाइन फारम भर्ने म्याद आगामी मङ्सिर ९ गतेसम्म थप गरिएको जनाएको छ ।

यसअघि आयोगले चिकित्सा शिक्षातर्फ स्नातकोत्तर तहका लागि विद्यार्थी छनोट एकीकृत प्रवेश परीक्षाका लागि अनलाइन फारम भर्ने म्याद यही कात्तिक १६ गतेसम्मका लागि तोकेको थियो । अहिले स्थगित भएको परीक्षा तालिका मङ्सिरको दोस्रो साता प्रकाशन गरिने सूचनामा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्