डा.चन्द्र भण्डारीप्रति युवा आर्कषण बढ्दो



गुल्मी।

आगामी मङ्सीर ४ गते सम्पन्न हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा स्पष्ट दृष्टिकोण तथा नयाँ सोच भएका नेताको पक्षमा नयाँ मतदाता तथा युवा पक्तिको आर्कषण देखिएको छ ।

गुल्मी क्षेत्र नम्बर–१ मा प्रतिनिधि सभाको निर्वाचनमा उम्मेद्वार रहनु भएका नेपाली काँग्रेका प्रभावशाली नेता डा.चन्द्र भण्डारीलाई जिताउन युवाहरुले विशेष अभियान नै सञ्चालन गरेका छन् ।

राष्ट्रवादी व्यक्तित्व तथा देशमा व्यप्त भ्रष्टाचार निर्मुल पार्ने अभियानमा लाग्नु भएका डा. भण्डारीलाई निर्वाचित गराउन अभियान सञ्चालन गरेका युवाहरुले मादी हिमालमा पुगेर उहाँको चुनावी पोष्टर समेत सार्वजनिक गरेका छन् ।

गुल्मी चन्द्रकोटका सन्तोष केसी तथा छिमेकी जिल्ला बाग्लुङ्का दिनेश पुन लगायतका युवाहरुले मादी हिमालको चार हजार ५०० मिटरको उचाइबाट डा.भण्डारीको चुनावी पोष्टर सार्वजनिक गरेका हुन ।

राष्ट्रियता, लोकतन्त्र तथा देश विकासको स्पष्ट दृष्टिकोण भएका भण्डारीलाई जिताउने अभियानका क्रममा हिमालबाट चुनावी पोष्टर सार्वजनिक गरेको उनीहरुले बताएका छन् ।

गुल्मी चन्द्रकोट गाउँपालिकाका युवा सन्तोष केसीले जिल्लाको विकासमा अहोरात्र खटिने डा. भण्डारीमा व्यक्तिगत राजनीतिक स्वार्थ नरहेकाले पनि आफूहरु स्व ’स्फूर्त रुपमा चुनावी अभियानमा होमिएको बताउनुभयो ।

केसीले भन्नुभयो ‘‘गुल्मेली जतताले यस अघि चुनाव जिताएका नेता आफ्नो र पार्टीको राजनीतिक स्वार्थभन्दा माथि उठन नसकेकाले अव त्यसको विकल्प खोज्नुपर्छ । त्यसका लागि डा. चन्द्र भण्डारीको जित अनिवार्य छ ।’ केसीले सोही सूभेच्छा सहित मार्दी हिमालबाट समेत डा. चन्द्र भण्डारी जिताउँ भन्ने सन्देश प्रवाह गरिएको बताउनुभयो ।

राष्ट्रिय मुद्दामा पार्टी राजनीति भन्दा माथि उठरे आफ्नो राजनीति दाउमा राख्न सक्ने नेता भण्डारी पार्टी नेतृत्वलाई निरन्तर खबरदारी गर्दै आउनु भएको छ ।
क्षमता राख्नलोकतन्त्र उठेर अडान राख्न सक्ने र निरन्तर खबरदारी गर्ने डा. भण्डारी अखण्ड लुम्बिनी प्रदेश अभियानको नेतृत्व गर्नुभएको थियो । जसका कारण तराईबाट पहाड अलग हुनबाट जोगिएको थियो ।

कृषि तथा पर्यटनको संभावना बोकेको गुल्मी जिल्लालाई देशको नमुना जिल्ला बनाउने घोषणा गर्नु भएको छ । नेपाली कांग्रसमा शिक्षा विभागको नेतृत्व सम्हाल्नु भएका भण्डारीले बौद्यिक पलायन रोक्ने रोजगारीको सृजना कृषि उत्पादनको उचित भण्डारण तथा बजार व्यवस्थापनलाई समेत प्राथमिकतामा राखेर काम गर्नु भएको छ ।

बुटबल– पाल्पा–गुल्मी सडकमा बर्षेनी सवारी दुर्घटनाबाट ठूलो जनधनको क्षति हुँदै आएकोमा डा. भण्डारीको सक्रियतामा कपिलबस्तुको सालझण्डी–अर्घाखाँची–गुल्मी सडक सञ्चालनमा आएको छ ।

२०७० को दोस्रो संविधान सभामा निर्वाचित डा. भण्डारीको पहलमा गुल्मीमा ४२ बटा पक्की पुल निर्माण सूरु भएकोमा अधिकांश सम्पन्न भएका छन् । यतिवेला गुल्मी जिल्ला पुलै पुलको जिल्लाको रुपमा समेत चिनिन थालेको ।

डा. भण्डारीको पहलमा जिल्लामा टोलटोलमा लिफ्टििङ् खानेपानी आयोजना सम्पन्न भएका छन् । अधिकाङ्श घरधुरीमा सडक सञ्जालको पहुँच पुगेको छ ।
पाँच दलिय गठबन्धनका साझा उम्मेदार डा. भण्डारीसँग नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीसँग चुनावी प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । डा. चन्द्र भण्डारीलाई निर्वाचित गराउन विभिन्न पार्टी परित्याग गरी पार्टी प्रवेश गर्ने क्रम समेत बढेको छ ।

प्रतिक्रिया दिनुहोस्