विगतका चुनावहरुलाई समीक्षा गर्दै जनताले मतदान गर्नु बुद्धिमानी हुनेछ : उम्मेदवार कार्की



 दैलेख।

आगामी मंसिर ४ मा हुने प्रतिनिधि अन्तरगत दैलेखको क्षेत्र नं.२ प्रतिनिधिसभामा नेपाल मजदुर किसान पार्टीका उम्मेदवार केशेन्द्र प्रकास कार्कीले विगतका चुनावहरुलाई यतिवेला आम मतदाताहरुले समीक्षा गर्दै मतदान गर्नुपर्ने समय आएको बताउनुभयो । उहाँले विगत २०४६ सालदेखि विभिन्न चुनावहरुमा जनताले भागलिदै आएको र यतिवेलका ठुला भनिने दलहरुलाई मतदान गर्दै सरकार चलाउने अवसर दिएपनि जनताको भावना कहिल्यै बुझ्न नसकेको जिकिर गर्नुभयो ।

विरेन्द्रनगर जेसिस द्धारा सञ्चालित “युवाहरुसँग प्रतिनिधिसभा तथा प्रदेश सभा उम्मेदवार” कार्यक्रममा बोल्दै उहाँले सो धारणा राख्नुभएको हो । नेपाल मजदुर किसान पार्टीबाट दैलेख क्षेत्र नं. २ मा उम्मेदवार रहनुभएका कार्कीले विगतमा कांग्रेसएमालेहरुले सत्ता चलाए पनि जनताको कहिल्यै हित नभएको समेत धारणा राख्नुभयो । उहाँले धारणा राख्ने क्रममा एमसिसि र एसपिपि लगाएत नागरिकता विद्येयकको बारेमा समेत प्रष्ट हुन समेत आम मतदातालाई अनुरोध गर्नुभयो ।

उम्मेदवार कार्कीले आगामी मंसिर ४ आफ्नो पक्षमा हुने र देशभक्त पार्टीलाई जनताले मतदान गर्ने समेत जिकिर गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्