शिक्षा क्षेत्रमा लगानी केन्द्रित गरिने : उपाध्यक्ष पौडेल



बुटवल।

नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले गुणस्तरीय शिक्षामा समान पहुँच पु¥याउन शिक्षा क्षेत्रमा लगानी केन्द्रित गर्ने बताउनु भएको छ् ।
एमाले निर्वाचन परिचालक कमिटी बुटवल–१३ को वडा स्तरीय कार्यकर्ता भेलालाई आइतबार सम्बोधन गर्दै रूपन्देही क्षेत्र नम्बर–२ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार पौडेलले शिक्षामा विद्यार्थीको रूचि र क्षमता अनुसारको गुणतरीय शिक्षा आर्जनका लागि शिक्षामाको लगानीमा जोड दिनु भयो ।

उपाध्यक्ष पौडेलले शिक्षा, स्वास्थ्य, रोजगारीलाई प्राथामिकतामा राखेर काम गर्ने बताउनु भएको छ । पौडेलले स्वास्थ्य पूर्वाधार, जनशक्ति व्यवस्थापन गर्दै यहाकाँ जनता उपचारको लागि महंगा अस्पताल जानुपर्ने बाध्यताको पनि अन्त्य गरिने बताउनु भयो । पौडेलले अल्पकालीन र दीर्घकालीन तालीम सञ्चालन गरी रोजगारी सृजनाका अवसरहरु जुटाउने बताउनु भयो ।

हामीले एक वर्ष केही हजार युवा विद्यार्थी पास आउट गर्ने र राम्रा रोजगारीका अवसवर बनाएर बेरोजगारीको समस्यालाई समाधानतर्फ पनि आफूहरूको ध्यान गएको बताउनु भयो । ‘शिक्षित जनशक्ति, स्वास्थ्यका जनशक्तिको दृष्टिकोणले र वेरोजगारीको समस्या समाधान गरी रोजगारीका अवसर बनाएर यो क्षेत्रलाई नमूना बनाउन चाहेका छौं ।’ पौडेलले भन्नु भयो ।

कार्यक्रममा रुपन्देही–२ (२) का उम्मेदवार भोजप्रसाद श्रेष्ठले बुटवल विकासमा कही कमी हुन नदिने बताउनु भयो । बुटवल सबै क्षेत्रमा विकसित हुँदै गएको छ । अझै यहाँ गर्नुपर्ने कामहरु पूरा गरी बुटवललाई नमूना बनाए एमाले सक्षम रहेको श्रेष्ठको भनाई रहेको छ ।

प्रतिक्रिया दिनुहोस्