नेपाल एयरलाइन्सकाे उडान राेकिँदा अलपत्र परेका यात्रुमध्ये ४० जनालाई दिल्ली पठाइयो



काठमाडौँ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल एयरलाइन्सलाई भैरहवाबाट उडान नथालेको भन्दै आजको दिल्ली उडान रोकिदिएपछि अलपत्र यात्रुहरुलाई विभिन्न एयरलाइन्सबाट दिल्ली पठाइएको छ। अलपत्र यात्रुमध्ये ४० जनाको अर्को ठाउँमा जान कनेक्टिङ फ्लाइट भएको कारण उनीहरूलाई विभिन्न एयरलाइन्सबाट दिल्ली पठाइएको हो।

 

आज नेपाल एयरलाइन्सकाे उडान राेकिँदा अलपत्र परेका यात्रुमध्ये ४० जना जसकाे अर्को ठाउँमा जान कनेक्टिङ फ्लाइट थियोे उनीहरूलाई विभिन्न एयरलाइन्सबाट दिल्ली पठाइएको र बाँकी २१६ जनालाई अाज हाेटलमा राखिएको र भाेलि दिल्ली पठाउने तयारी रहेकाे नेपाल एयरलाइन्सका प्रवक्ता अर्चना खड्काले बताउनुभयाे ।

 

 

प्रतिक्रिया दिनुहोस्