स्वतन्त्र उम्मेदवार रावल र बडुवालको चुनावी प्रतिवद्धता पत्र सार्वजनिक

स्वास्थ्य,पानी, बिजुली र सडक विकासको पहिलो प्राथमिकता



बाजुरा।

आसन्न मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य स्वतन्त्र उमेदवार टेक बहादुर बडुवाल र प्रदेश सभा(ख) स्वतन्त्र उमेदवार जनक बहादुर रावलले संयुक्त रुपमा चुनावी प्रतिवद्धता पत्र सार्वजनिक गरेका छन् । प्रतिनिधि सभा सदस्य स्वतन्त्र उमेदवार बडुवालले २२ बुँदे चुनावी प्रतिबद्धता पत्र र प्रदेश सभा (ख) का स्वतन्त्र उमेदवार रावलले १४ बुँदे चुनावी प्रतिबद्धता पत्र आईतवार दिउसो सार्वजनिक गरेका हुन ।

सदरमुककाम मार्तडीको लोकतान्त्रिक चोकमा सार्वजनिक गरेको प्रतिबद्धता पत्रमा प्रतनिधि सभा सदस्य स्वतन्त्र उमेदवार बडुवालले आफूलाई बाजुरेली जनताले मतदान गरी विजयी गराएपछि जिल्ला अस्पताल बाजुरामा दक्ष जनशक्तीको नियुक्ति गरी बाजुरेलि जनतालाई स्वास्थ्य सम्बन्धी सवै सेवाहरु जिल्लामै उपलब्ध गराउने,बाजुरा जिल्लाको सडकलाई दिगो बनाउन पहल गर्ने,जिल्लाका सबै ठाउँमा एक घर एक धारा निर्माण गरी जनतालाई स्वच्छ खानेपानी उपलब्ध गराउने लगाएतका महत्वपूर्ण कामहरु गर्ने प्रतिबद्धता जाहेर गरेका छन् ।

प्रदेश सभा(ख) का स्वतन्त्र उमेदवार रावलले आफू निर्वाचित भए पछि कृषि उपज तथा खाद्य व्यवस्थापन केन्द्रको स्थापना गरी बाजुरामा हुने खाद्य संकट समाधन गरी बाजुरा वर्षेनि भई रहेको भोकमरीको अन्त्य गर्ने कुरामा जोड दिने प्रतिबद्धता जाहेर गरेका छन् ।

दुई वटै स्वतन्त्र उमेदवारहरुले आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गर्दै आफूलाई मतदान गरी अत्याधिक बहुमतले विजयी गराउन सम्पूर्ण बाजुरा बासीलाई अनुरोध गरेका छन् । प्रतिनिधि सभा सदस्य स्वतन्त्र उमेदवार टेक बहादुर बडुवालको चुनाव चिन्ह महिला रहेको छ भने प्रदेश सभा सदस्य स्वतन्त्र उमेदवार जनक बहादुर राववलको चुनाव चिन्ह पानिको धारा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्