निर्वाचन क्षेत्रका समृद्धिका लागि मैले पुन:जित्नुपर्छ : एमाले नेतृ थापा


महोत्तरी ।

एमाले नेतृ तथा महोत्तरी १ (क) की उम्मेदवार शारदादेवी थापाले निर्वाचन क्षेत्रको आधारभूत आवश्यकता पूरा गर्न निक्कै काम बाँकी रहेको बताएकी छन् ।

विशेषगरी महिलाका अनेकौ समस्या समाधान गर्न आफूमात्र उपयुक्त भएको दाबी गर्दै उनले निरीह महिलाहरुको प्रतिनिधिको रूपमा आफ्नो उम्मेदवारी भएको बताएकी छन् ।

विभिन्न महिला संगठनमा बसेर काम गरेकाले पनि महिलाको समस्यालाई नजिकबाट बुझेको उनको भनाइ छ । उनका मुख्य प्रतिस्पर्धी गठबन्धनका साझा उम्मेदवार पिताम्बर महतो छन् ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।