राष्ट्रिय स्वतन्त्र पार्टीकी ललितपुर-३ की उम्मेदवार डा. कार्कीको उम्मेदवारी खारेज



काठमाडौं ।

ललितपुर क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएकी राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्कीको उम्मेदवारी खारेज भएको छ ।

मेडिकल काउन्सिलको निर्वाचित पदमा कार्यरत रहेको भन्दै आयोगले उम्मेदवारी खारेज गरेको हो। आयोगले उक्त पदलाई लाभको पदमा परिभाषित गरेको छ। कार्कीले मासिक पारिश्रमिक नपाए पनि बैठक भत्ता र अनुगमन लगायतका अन्य पारिश्रमिक लिने गरेको पाइएको आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

 

 

 

प्रतिक्रिया दिनुहोस्