जुवाको खालबाटै पक्राउ परे सेनाका अवकाशप्राप्त जर्नेल



काठमाडौँ।

तिहार सकिएको पर्सिपल्ट राजधानीमा नेपाली सेनाका एक जना अवकाशप्राप्त जर्नेल जुवाको खालबाट समातिएका छन् । ती जर्नेल ललितपुरको धापाखेलस्थित आफ्नै घरमा जुवा खेल्दै थिए ।

सामान्यतयाः तीन दिन बिदा हुने तिहार पर्व यो वर्ष विविध कारणले सात दिन लामो भएको छ । भोलिको छठसम्म लगातार बिदा भएकाले बहालवाला कर्मचारी र जर्नेलहरु समय बिताउन पारिवारिक मनोरञ्जनमा रमाउने नै भए ।

उनको घरमा यसरी नै आधा दर्जन नातेदार र साथीभाइ जम्मा भएर जुवा खेल्दाखेल्दै छिमेकीले खवर दिएपछि प्रहरीले छापा मारेर तास,कौडा,नगदसहित सबैलाई समातेको बताइन्छ । त्यसरी समातिनेमध्ये नेपाली सेनाका पूर्व दुई तारे जर्नेल होमकुमार लावती पनि हुन् ।

लावती अवकाशअघि सेनाको मुद्दा मामिला हेर्ने कानुन विभाग (प्राड विवाक) का प्रमुख थिए । तीन वर्षअघि अवकाश प्राप्त उनको ठाउँमा अहिले उस्तै रसिक रत्नप्रकाश थापाले जिम्मेवारी सम्हालेका छन् ।

लावती जर्साब २०६२/०६३ को जनआन्दोलनपछि सैनिक ऐनलाई समयानुकूल बनाउन गठित संशोधन समितिमा समेत संलग्न भएको बताइन्छ ।

यता ललितपुर प्रहरीले लावतीको घरबाट छ जना समातिएको बताएको छ । पक्राउ टोलीमा संलग्न एक जना प्रहरीले भने, ‘जर्साबको घरमा कौडा हानेको खबर आयो । छापा मार्दा छ जना फेला परे ।

प्रतिक्रिया दिनुहोस्