जुवातास खेलिरहेको अवस्थामा ३८ जना पक्राउ



काठमाडौं।

देशका विभिन्न स्थानबाट जुवातास खेलिरहेको अवस्थामा ३८ जनालाई प्रहरीले पक्राउ। ललितपुर महानगरपालिका(२३ धापाखेल बस्ने होम कुमार लावतीको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका(७ पिलाछे बस्ने ४८ वर्षीय नरेन्द्र महर्जन समेत ६ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त सातदोबाटो र जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७ लाख ९९ हजार ३ सय २० रूपियाँ, रातो रङको क्वाईन २३ थान, तास, कालो रङको क्वाईन २२ थान, सेतो क्वाईन १८ थान र ३ वटा गाडी सहित पक्राउ गरेको हो ।

यस्तै मकवानपुर, हेटौंडा उपमहानगरपालिका(६ चौघडा बस्ने ध्रुर्व राईको घरमा जुवातास खेलिरहेको अवस्थामा १८ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी चौघडा र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३१ हजार ८ सय २० रूपैयाँ र १७ थान कौडा सहित पक्राउ गरेको हो ।

यस्तै सप्तरी, अग्निसाईर कृष्णसावरण गाउँपालिका(६ महुली बजार बस्ने सिताराम मेहताको घरमा जुवातास खेलिरहेको अवस्थामा कंचनरुप नगरपालिका(१२ बस्ने ३६ वर्षीय दिपक भट्टराई लगायत १४ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय कंचनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख २१ हजार २ सय ८५ रूपियाँ र तास १२ बुक सहित पक्रउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस्