गृहमन्त्रीले पदीय दुरुपयोग गरे : प्रदेश अध्यक्ष उदय



भैरहवा।

बहालवाला गृहमन्त्री बालकृष्ण खाँणले आफ्नाे पदकाे दुरुपयोग गर्दै निर्वाचनमा हाेमिएकाे बताएका छन् ।

प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सभा सदस्य निर्वाचन प्रचार प्रसार कार्यलय वडा नम्बर १२ को भैरहवामा उद्घाटन कार्यक्रममा बाेल्दै उनले गृहमन्त्री आफैँ प्रतिनिधी सभा सदस्य क्षेत्र नम्बर ३ का उम्मेदवार भएर चरमरुपमा पदीय दुरुपयोग गरेको बताए । चुनाव प्रचारका लागि सादा पोसाकका दर्जन भन्दा बढी प्रहरी परिचालन गर्नु, उनीहरूकाे स्राेत साधन प्रयाेग गर्नु पदीय दुरुपयोग हो ।

उम्मेदवार हुँदा अन्य उम्मेदवार जस्तै सेवा सुविधा लिनुपर्छ । उदयले भने, ‘आफैँ उम्मेदवार भएपछि सरकारी सेवालाई दुरुपयोग गरेर जनतालाई दु:ख दिन मिल्दैन ।’

सत्तारुढ गठबन्धनको सरकारले ब्यापारीलाई निरन्तर दु:ख दिएको, ब्यापारी सामु बैंकको ब्याजदर घटाइदिने आश्वासन दिएको तर नीतिगतरुपमा ब्याजदर बढाउँदै गएको आरोप लगाए । नेता उदयले गृहमन्त्री खाँणले स्थानीयसँग मत माग्ने बाहानामा गौतमबुद्ध बिमानस्थलमा जागिर लगाइदिने आस्वासन दिएर भोट मागेको तर भएको अन्तर्राष्ट्रिय उडानमा कटौति गरेको बताए ।

आफ्नो नाम नबताउने सर्तमा एक जना प्रहरी भन्छन्, सारै दुखः भयो बिहानैदेखि गृहमन्त्रीको सुरक्षा भन्दै माथिबाट खटिनका लागि आदेश आउँछ । कहिले सिभिलमा कहिले बर्दिमा दिनरात खटिन परेको उनले बताए ।

विकासलाई भौतिक र सामाजिक दुबै किसीमले अगाडी बढाउने राप्रपाका बरिष्ठ नेता तथा प्रतिनिधी सभा सदस्य क्षेत्र नम्बर ३ का उम्मेदवार दीपक बोहराले क्षेत्रको विकासका लागि एडिबी, कृषि, बिमानस्थलको स्तर बृद्धि,बिषेश आर्थिक क्षेत्र सेज, सिँचाइ,शिक्षामा विभिन्न कार्यक्रम ल्याएको बताउँदै बाँकि रहेका केही काम निरन्तरता दिनेमा प्रयासरत रहेको बताए ।

हामीले गरेका प्रयास र दीर्घकालिन योजनालाई थप व्यवस्थित गर्नेगरी हामीले आफ्ना योजना अगाडी सार्ने उनले बताए ।

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्