गहुँकाे सिजनमा मल अभाव हुँदैन : गृहमन्त्री खाँण



बुटवल ।

गृहमन्त्री बालकृष्ण खाँणले रुपन्देहीमा पर्यटन, उद्योग, शिक्षा, स्वास्थ्य सगैं कृर्षी क्षेत्रमा पनि प्रचुर संभावन रहेको उल्लेख गर्दै सरकारले यहाँको कृर्षी क्षेत्रलाई पनि प्राथमिकतामा राखेर काम गरिरहेको बताउनु भयो ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पाँचदली गठबन्धनको तर्फबाट रुपन्देही क्षेत्र नं ३ बाट प्रतिनिधी सभा उम्मेदवार समेत रहनुभएका मन्त्री खाँणले गहुँको सिजनमा मल अभाव हुन नदीने गरी नेपाल सरकारले भारत सरकारसगं जिटुजी मार्फत रासायनीक मल खरी प्रक्रीया अगाडी बढाएको बताउनु भयो ।

दिर्घकालीन रुपमै मलको अभाव हुन नदिन सरकारले स्वदेशमै रासायनीक मल कारखाना स्थापना गर्ने योजना समेत अगाडी बढाएको उहाँले बताउनु भयो । गठबन्धनद्धारा शनिवार भैरहवा र ओमसतीयमा आयोजित कार्यक्रममा बोल्दै उहाँले रुपन्देहीको कृर्षी क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै सरकारले सेमलारमा देशकै ठुलो कृर्षी थोक हाटबजार संकलन तथा बिक्री केन्द्र स्थापना गर्न लागेको बताउनु भयो ।

उहाँले कृर्षी थोकबजार स्थापना पछि यहाँ तरकारी तथा फलफुलजन्य बस्तुको उत्पादन बढ्ने त्यसलाई भैरहवा स्थित गौतमबुद्ध अन्तराष्ट्रि बिमानस्थलबाट कार्गो प्रयोग गरी बिदेश निर्यात गर्न सकिने बताउनु भयो । मन्त्री खाँणले यसबाट हजारौ रोजगारी सिर्जना हुने भन्दै भविष्यमा रुपन्देही रोजगारीको केन्द्र समेत बन्ने दावी गर्नु भयो ।

त्यस्तै आफु सिचाई मन्त्री हुँदा जिल्लामा सिचाईकालागी जनताको तटबन्धन, स्यालो ट्युुवेल जडान जस्ता कार्यक्रम ल्याएको स्मरण गराउदै भविष्यमा पनि कृर्षी क्षेत्रको बिकासकालागी आवश्यक पुर्वाधार निमार्ण गर्न केन्द्र सरकारबाट बजेट ल्याउन पहल गर्ने प्रतिबद्धता जनाउनु भयो ।

गठबन्धनको तर्फबाट रुपन्देही क्षेत्र नं ३ (क) का प्रदेश सभा उम्मेदवार एवं पुर्व मन्त्री सन्तोस कुमार पाण्डेयले विकासका लागी धर्म, जात, भाषा, क्षेत्रीयता भन्दामाथि विकास प्रेमी नेतालाई बिजयी बनाउन आग्रह गर्नु भयो ।

प्रतिक्रिया दिनुहोस्