गोरखा नगरपालिकाका वडाध्यक्ष रानाको असामहिक निधन



गोरखा ।

 गोरखा नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष खिलबहादुर रानाको असामहिक निधन भएको छ ।

भाइटीकाको दिन साँझ उनको निधन भएको हो । घरमै बसिरहेको बेला दिउँसो एक्कासी लडेर बेहोस भएपछि उनलाई गोरखा अस्पताल पुर्‍याइएको थियो ।

गोरखा अस्पतालका अनुसार अस्पताल पुग्नुअघि नै उनको निधन भइसकेको थियो । मृत्युको कारण भने अझै खुल्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्