हात्तीको आक्रमणबाट एक जनाको मृत्यु



बारा ।

बारामा हात्तीको आक्रमण एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बाराको जितपुर सिमरा-२१ अमलेखगन्जमा बस्ने ५१ वर्षीया शेख रोकैदा खातुनको मृत्यु भएको हो ।

जंगलमा बाख्रा चराउन गएका बेला उनीमाथि हात्तीले आक्रमण गरेको इलाका प्रहरी कार्यालय सिमराका डीएसपी युवराज तिमिल्सेनाले जनकारी दिए ।

। आक्रमणपछि घाइते भएकी रोकैदालाई उपचारका लागि अस्पताल लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको डीएसपी तिमिल्सेनाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्