२६ वर्षपछि जेलमै बुझे चौधरीले गीतको रोयल्टी



​काठमाडौं ।

हत्या अभियोगमा डिल्ली बजार कारागारमा रहेका रेशम चौधरीले २६ वर्षपछि गीतको रोयल्टी बुझेका छन् । उनले आज (बिहीबार) भाइटीकाको दिन ०५३ सालमा निकालेको गीत ‘हाल खबर’को रोयल्टी बुझेका हुन् ।

मुन लाइट्स रेकर्डसका सञ्चालक चन्द्रप्रकाश शर्माबाट रोयल्टीबापत आफूलाई १७ हजार २१५ रुपैयाँ उपलब्ध भएको उनले विज्ञप्तिमार्फत जानकारी दिएका छन्।

“करिब २६ वर्षपछि पाएको आफ्नो पारिश्रमिकले मलाई अत्यन्तै उत्साहित बनाएको छ । मैले यो रकम मेरो श्रीमती रञ्जिता श्रेष्ठ चौधरीलाई निर्वाचन खर्चका लागि छुट्याएको छु । आशा छ, उनी विजयी प्राप्त गरेर आउनेछिन्,” उनले विज्ञप्तिमा भनेका छन् ।

उनकी श्रीमती रञ्जिता श्रेष्ठले नागरिक उन्मुक्ति पार्टीबाट कैलाली १ बाट प्रतिनिधिसभा सदस्यका लागि उमेदवारी दिएकी छन् ।

प्रतिक्रिया दिनुहोस्