हेटौँडाकाे तरकारी बजारमा आगलागी



हेटौँडा।

हेटौँडाकाे तरकारी बजारमा आगलागी भएको छ। हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१० स्थित टिसिएनमा रहेको तरकारी बजारमा बिहीवार आगलागी भएको हो ।

मीना साहले सञ्चालन गर्दै आएको होटलबाट सल्किएको आगो तरकारी बजारमा फैलिएको थियो । आगलागीबाट यहाँका आधा दर्जनभन्दा धेरै तरकारी पसल जलेका छन् भने लाखौँ रुपियाँको सामान नष्ट भएको छ ।

तरकारी बजारमा लागेको आगो प्रहरी, दमकल र स्थानीयवासीकाे सहयोगमा झन्डै एक घण्टापछि निभाइएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

हेटौँडाको मुख्य बजार क्षेत्रमा रहेको यस तरकारी बजारमा टिन र काठले बनाइएका पूर्वाधार भएकाले आगाे निभाउन कठिन भएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्