एमाले अध्यक्ष ओलीले तीन दिदीबहिनीसँग लगाए भाइटीका



काठमाडौँ ।

नेकपा एमालेका अध्यक्ष एवं पूर्व-प्रधानमन्त्री केपी शर्मा ओलीले बहिनीहरुको हातबाट भाइटीका लगाएका छन्। बिहीबार भाइटीकाको शुभ साईत ११ बजेर ३७ मिनेटमा उनले तीन बहिनीहरू विष्णुमाया ढकाल, कौशल्या कोइराला र विष्णुकुमारी पौडेलको हातबाट भाइटीका लगाएका हुन्।उनीहरुले टिका लगाइदिएपछि बहिनीहरुलाई पनि ओलीले सप्तरंगी टीका लगाइदिएका थिए।

भाइटीकामा दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाइदिने चलन छ।

यमपञ्चकका पाँच दिन यमराजले यमुनाको घरमा वास गर्छन् भन्ने हाम्रो धार्मिक विश्वास छ। भाइ तिहारको दिन दियो, कलश र गणेशको पूजा गर्ने, यमराजको आह्वान गर्ने, बिमिरो, ओखर, तेल, मखमलीको माला, दुबोको टीका, कटुस आदिको प्रयोगमा आफ्ना दिदीबहिनी र दाजुभाइको सुख–समृद्धि, अरोग्य एवं दीर्घायुको कामना गर्ने गरिन्छ।

 

प्रतिक्रिया दिनुहोस्