काठमाडौं क्षेत्र नं. २ मा राप्रपाको झन्डा गाडेरै छोड्छौँ : कुन्ती पोख्रेल


काठमाठौं ।

राप्रपाकी केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य उम्मेदवार कुन्तीदेवी पोख्रेलले यसपटक काठमाडौं क्षेत्र नं. २ मा राप्रपाको झन्डा गाडेरै छाड्ने ठोकुवा गरेकी छन् । बुधबार बानेश्वरमा आयोजित दीपावलीको शुभकामना आनप्रदान तथा देउसीभैलो कार्यक्रमा उनले यस्तो बताएकी हुन् ।

पोख्रेलआगामी मंसिर ४ मा हुनगइरहेको आमनिर्वाचनको लागि काठमाडौं क्षेत्र नं. २ मा राप्रपाबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार बनेकी छन् । उनले हिन्दूहरुको धर्म, संस्कार, संस्कृति, रितिरिवाजको रक्षाको लागि आयोजित देउसीभैलो कार्यक्रम अत्यन्तै सान्दर्भिक रहेको बताइन् ।

पोख्रेल गोठाटार, कागेश्वरी, साँखु, थलीमा आयोजित देउसीभैलो कार्यक्रमलाई सम्बोधन गर्दै बानेश्वर आइपुगेकी हुन् । आगामी आमनिर्वाचनमा आफ्नो उम्मेदवारी यसैका निम्ति रहेकाले पनि सहयोग गर्न सबैलाई उनले आग्रह गरिन् ।

 

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।