जुवातास खेलिरहेको अवस्थामा २३ जना पक्राउ



कास्की।

जुवातास खेलिरहेको अवस्थामा २३ जनालाई प्रहरीले पक्राउ गरेको छ। पोखरा महानगरपालिका-३० शिशुवा बस्ने यमुना पराजुलीको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने २३ वर्षीय बिनित सुबेदी समेत २३ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो ।

उनको घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५ लाख ३१ हजार ९ सय ५० रूपियाँ र १ सेट कौडा सहित पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्