कैलाली-कञ्चनपुर र डोटीका ३ नेतालाई एमालेले पार्टीबाट निकाल्यो

0
Shares

धनगढी।

नेकपा एमालेले सुदूरपश्चिमका ३ जिल्लाका ३ नेताहरुलाई कारबाही गरेको छ। एमालेको सुदूरपश्चिम प्रदेश कमिटीले बुधबार उनीहरुमाथि कारबाही गरेको हो।

एमाले सुदूरपश्चिमका सचिव धर्मराज पाठकका अनुसार पार्टीको अनुशासन उल्लंघन गरेको भन्दै प्रदेश कमिटीका सदस्यहरु जय राज पाण्डये (कञ्चनपुर), प्रेम शाह (डोटी) र यज्ञराज बास्तोला (कैलाली) लाई पार्टीबाटै निकालिएको हो। उनीहरुलाई पार्टीको विधानको धारा ८१ (१) बमोजिम साधारण सदस्यता समेत नरहने गरी निष्कासन गरिएको हो।

उनीहरुले आसन्न संसदीय निर्वाचनमा पार्टीको आधिकारीक उम्मेदवारविरुद्ध गतिविधि गरेको एमालेको ठहर छ। एमाले सुदूरपश्चिमले पार्टी विधानको धारा ८० (६) बमोजिमको गम्भीर अनुशासन उल्लंघन गरेको भन्दै उनीहरुमाथि कारबाही गरिएको जनाएको छ।

Skip This