नेपाल संवतलाई राष्ट्रिय संवत् घोषणा गर्न सरकार गम्भीर छ : गृहमन्त्री खाँण



बुटवल ।

गृहमन्त्री बालकृष्ण खाँणले नेपाल संवत राष्ट्रिय संवत घोषणा गर्ने सवालमा सरकारले छलफल अगाडि बढाउने बताउनु भयो । उहाँले कवि र साहित्यकारहरु देश र समाजको प्रतिबिम्ब भएको समेत बताउनु भयो ।

नेपाल संवत ११४३ को अवसरमा बुधवार भैरहवामा नेवाः खलः सिद्धार्थनगरद्धारा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा वोल्दै उहाँले नेपाल संवतका प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वालाई सम्झिदै जुनसुकै भाषाको भए पनि साहित्यकारहरु नेपालको गहना रहेको बताउनु भयो ।

फरक प्रसंङ्गमा बोल्दै मन्त्री खाँणले नेपालले पटक पटक बिपद्हरु भोगेको र यसको मार अहिले सम्म परिरहेको बताउनु भयो । गृहमन्त्री खाँणले कोभिडको समयमा देखिएको समस्याको असर अहिले अर्थतन्त्रमा परेको जिकिर गर्नु भयो । नेपालको अर्थतन्त्रलाई जोगाउने बिषयमा निर्वाचन आयोगले पनि सोचिदिनु पर्ने जिकिर गर्नु भयो ।

भैरहवामा २ सय बढीको म्ह पूजा गरिएको छ । म्ह पूजा चन्द्रमानक नेपाल सम्वत् अनुसारको नयाँ वर्षको सुरुवात कछलाथ्व पारु (कार्तिक शुक्लपक्ष प्रतिपदा) तिथिका दिन नेवार समुदायले मनाउने पर्व भएको नेवाः खलः सिद्धार्थनगरका पूर्व अध्यक्ष विजय गोविन्द श्रेष्ठले बताउनु भयो । श्रेष्ठका अनुसार नेवारी भाषामा म्हः भनेको शरीर हो ।

आफ्नो शरीरलाई परमात्मा मानेर आफूले आफूलाई आराधना गरी शरीर भित्रको चेतनालाई पूजा गर्ने यस पर्वको दार्शनिक पक्ष रहेको छ ।

समग्र देवता ऊर्जा शक्ति विश्व ब्रम्हाण्ड मानव शरीरभित्र रहेको विश्वास गर्दै परमेश्वरको बास हुने मान्यता राखी आफूलाई चिनेर बुझेर आफ्नो उद्धार गर्न आफै अघि सर्नुपर्ने परम्पराका रूपमा यो पर्व विकास भएको श्रेष्ठको भनाई थियो । नेवार अगुवा विजय गोविन्द श्रेष्ठले बिक्रम सम्बत भारतबाट आयतित सम्बत भएकोले यसको सट्टा नेपाल सम्बतलाई राष्ट्रिय सम्बतको रुपमा मान्यता दिनु पर्ने बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्