चितवनको भरतपुर सडकमा शंकास्पद बस्तु भेटियो, पूर्व-पश्चिम राजमार्ग सिल



चितवन।

चितवनको भरतपुरमा सडकमा शंकास्पद बस्तु भेटिएपछि पूर्व-पश्चिम राजमार्ग सिल गरिएको छ।
भरतपुरको चितवन मेडिकल कलेजनजिकैको सडकमा दिउँसो साढे दुई बजेतिर शंकास्पद बस्तु भेटिएको चितवन प्रहरीले जनाएको छ।

उक्त बस्तु बम हुन सक्ने आशंकामा प्रहरीले राजमार्ग सिल गरेर सवारी साधनलाई वैकल्पिक बाटोबाट पठाइरहेको छ।

शंकास्पद बस्तु डिस्पोज गर्न नेपाली सेनाको बम डिस्पोजल टोली पुगिसकेको छ।

अहिले डिस्पोज गर्ने तयारी भइरहेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्