अनेरास्ववियु क्रान्तिकारीले मधेसमा १४ जना विद्यार्थी कमाण्डर तोक्यो



महोत्तरी।
गठबन्धनका साझा उम्मेदवारलाई जिताउन अनेरास्ववियु क्रान्तिकारीले मधेस प्रदेशमा १४ जना विद्यार्थी कमाण्डर परिचालन गरेको छ ।

माओवादी निकट विद्यार्थी संगठनको केन्द्रीय समितिको बैठकले प्रदेशका ८ वटै जिल्लामा विद्यार्थी कमान्डरलाई परिचालन गरेको हो ।

महोत्तरीमा नीरज ढुंगाना, धनुषामा अजय झा, सिरहामा भोलाप्रसाद यादव, सप्तरीमा लड्डु यादव, सर्लाहीमा सञ्जीव चौधरी, शिवराज धमला र विवेक मैनाली, बारामा दिनेश यादव, पर्सामा महम्मद जुवेर आलम, ईशक कुमार पासमान, एहसान अनसारी र हिमालजङग कुवर, रौतहटमा राकेश पटेल र चेत बोत्खेलाई तोकिएको अनेरास्ववियु क्रान्तिकारीको केन्द्रीय कार्यालयले जनाएको छ ।

नव गठित विद्यार्थी परिचालन टिमले जिल्लास्थित माओवादी केन्द्र नेतृत्व, गठबन्धनको परिचालन समिति र उम्मेदवारसँग समन्वय गरी आफ्ना टिम परिचालन गर्ने पनि जानकारी दिएको छ ।

अग्रगमन र प्रतिगमनको माहासंग्राममा विद्यार्थीहरूले अग्रगमन पक्षधरलाई जिताउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने केन्द्रीय संयोजक पवन कार्कीले बताए ।

 

 

 

प्रतिक्रिया दिनुहोस्