चुनावी भेलालाई सम्बोधन गर्न प्रधानमन्त्री देउवा विराटनगरमा


मोरङ । प्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवा मोरङको विराटनगर आएका छन् । निर्वाचन परिचालन कमिटी प्रदेश १ ले आयोजना गरेको लोकतान्त्रिक वाम गठबन्धन संयुक्त भेलालाई सम्बोधन गर्न उनी शनिवार विहान विराटनगर आएका हुन् ।

आगामी ४ मंसिरको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनलाई लक्षित गर्दे भेला आयोजना गरिएको हो । भेलामा पूर्व प्रधानमन्त्री ऐवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पनि सहभागी छन् । उनीहरू दुवै जनाले भेलालाई सम्बोधन गर्ने जनाइएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।