बझाङमा जीप दुर्घटना : ६ जनाको मुत्यु, १६ जना घाइते



बझाङ । बझाङमा जीप दुर्घटना भएको छ । बुधबार दिउँसो जिल्लाको मष्टा गाउँपालिका वडा नम्ब। १ स्थित चिउरीको अम्लाचौकाको तुफानडाडामा दुर्घटना भएको हो ।

सदरमुकाम चैनपुरबाट मष्टा डुङ्ग्रीबाट मष्टातर्फ गइरहेको जीप दुर्घटना भएको हो । सुपप्र ०१–००१ ज ११७ नम्बरको जीप दुर्घटना हुँदा अहिलेसम्म ६ जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ।

‘६ जनाको शव भेटिएको छ,’ बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) जागेश्वर भण्डारीले भने, ‘घाइतेहरुलाई अस्पताल पठाइरहेका छौँ । विस्तृत विवरण आउन केही समय लाग्छ ।’ मृतक र घाइतेहरुको पहिचान भने खुलेको छैन ।घाईतेको जिल्ला अस्ताल बझाङमा उपचार भइरहेको जनाइएको छ ।

घाइते हुनेमा मष्टा गाउँपालिका २ का ८ बर्षिय अमृत खड्का, १३ वर्षीया रोशनी धामी, सिंहवीर बुढा, ३५ वर्षीय राजेश रोकाया, गाडी चालक राजेश रोकाया, ४ वर्षीय सिर्जन सिंह, ११ वर्षीया अम्बिका सिंह, ५० वर्षीया सिन्कीदेवी भण्डारी, सोही वडा २५ वर्षीया कमला कठायत, २१ वर्षीया निन्दा ओखेडा, ७५ वर्षीय वीरबहादुर खड्का, मष्टा साडा १ बस्ने ३६ वर्षीय सन्तोष सिंह, २२ वर्षीय ईश्वर ओखेडा, अनिस ओखेडा, १० वर्षीय अंकित खड्का, ७५ वर्षीय वीरबहादुर खड्का, ४ वर्षीय सिम्रन सिंह, २२ वर्षीया हेमन्ती सिंह रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्