हिजो उद्योग बेच्नेले अहिले देशको अर्थतन्त्र ध्वस्त बनाउँदैछन् : नेता बस्नेत



भक्तपुर । नेकपा (एमाले) पोलिटव्युरो सदस्य, पूर्वमन्त्री तथा भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार महेश बस्नेतले विगतमा नेपालमा सञ्चालनमा रहेको दर्जनौं उद्योगहरु बेच्नेले नै अहिले पुनः देशको अर्थतन्त्र ध्वस्त बनाउँदै गरेको आरोप लगाउनुभएको छ ।

एमाले सूर्यविनायक नगरपालिका वडा नम्बर ७ गुण्डूले आज आयोजना गरेको मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले वर्तमान कांग्रेस नेतृत्वको गठबन्धनको सरकार बनेसँगै अर्थतन्त्र टाट पल्टिने अवस्थामा पुगेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, ‘देशको अर्थतन्त्र गिर्दो अवस्थामा रहेको छ । बैंक तथा वित्तीय संस्थाहरुले लोन दिनसक्ने अवस्था छैनन् । कात्तिकदेखी बैंकले व्यापदर समेत १८ प्र्रतिशतसम्म पुर्याउने अवस्था बनेको छ । हिजो उद्योग बेन्नेले नै अहिले देशको अर्थतन्त्र ध्वस्त बनाउँदैछन् ।’

२०५४ सालमा सूर्य उदाएको गुण्डू अब झलमल्ल हुने दाबी गर्दै उहाँले गुण्डूमा एमालेले गरेको विकासले गर्दा विपक्षीले खासै गतिविधि गर्न नसकेको दाबी गर्नुभयो । कांग्रेस जस्तो निस्तेजको राजनीति एमालेले नगर्ने उल्लेख गर्दै उहाँले एमालेले लोकतान्त्रिक विधि अवलम्बन गर्ने उल्लेख गर्नुयभो । कांग्रेससँग हरेक ठाउँहरुमा दाजिन तयार रहेको उल्लेख गर्दै उहाँले सामाजिक न्याय र समानताको लागि एमाले अग्रणी रहेको बताउनुभयो । आगामी दिनमा आधुनिक नेपाल निर्माणको नेतृत्व एमालेले गर्ने उल्लेख गर्दै उहाँले अब भक्तपुरले सिंहदरवार जोड्न नभई नेतृत्व गर्ने दाबी गर्नुभयो ।

भक्तपुरमा एमाले ब्राण्डेड पार्टी रहेको उल्लेख गर्दै उहाँले भक्तपुरमा एमालेले गरेको विकासले गठबन्धनका दलहरुमा भाइब्रेसन आएको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, ‘हामी जनतालाई कन्भिन्स गर्छौँ । तर विपक्षीहरु कन्फ्युज बनाउँछन् । एमालेले भक्तपुरमा गरेको विकासले गठबन्धनका दलहरुमा भाइब्रेसन गएको छ ।’

कार्यक्रममा एमाले प्रदेशसभा ‘क’का उम्मेदवार किरण थापाले भक्तपुरमा एमालेले गरेको विकास कामले नै तथ्य बोल्ने गरेको बताउनुभयो । एमालेको नेतृत्वमा सुन्नलाई हैन, प्रयोगमा नै ल्याउने गरी एमालेले विकास गरेको तथ्य राख्दै उहाँले भक्तपुरमा भ्रष्टाचार बढेको भनेर जनतालाई भ्रम पार्नेले तथ्य ल्याउने चेतावनी दिनुभयो । गठबन्धनको नेतृत्वमा बनेको १६ महिने सरकारले भक्तपुरमा एक दुई भनेर यो गरेको भनि तथ्य सार्वजनिक गर्न चेतावनी दिँदै उहाँले कांग्रेसले भोट माग्न आउने बाटो नै नभएको बताउनुभयो । ०६४–७० मा कांग्रेसलाई भोट हालेर जनता पछुताइरहेको उदाहरण प्रस्तुत गर्दै उहाँले अबको निर्वाचनमा एमालेको विकल्प नभएको बताउनुभयो ।

कार्यक्रममा प्रदेश सदस्य, शसी जंग थापा, राजेन्द्र राजधला, नगर अध्यक्ष रविन्द्र सापकोटा, नगर सदस्य दिनेश थापालगायतका गुण्डूको विकास र समृद्धिमा एमालेले खेलेको भूमिका र कांग्रेस नेतृत्वमा भएका वस्तुगत तथ्यहरु उल्लेख गर्नुभयो ।

कार्यक्रममा जिल्ला सदस्य मनकराम थापाको अध्यक्षतामा ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ । त्यस्तै भेलाले प्रचार, आर्थिक, महिला, युवा, साईवर सर्कल, सामाजिक संघसंस्था समन्वय, विकास संयोजनलगायतका कमिटीहरु गठन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्