वाम लोकतान्त्रिक गठबन्धनको सात हजार एक सदस्यीय निर्वाचन परिचालन समिति गठन


काठमाडौं । वाम लोकतान्त्रिक गठबन्धन काठमाडौँ क्षेत्र नं २ ले आगामी मंसिर ४ गतेका लागि तय भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न गर्न सात हजार एक सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको छ ।

आज यहाँ आयोजित गठबन्धनको चुनावी प्रशिक्षण कार्यक्रममा नेपाली कांग्रेसका क्षेत्रीय सभापति कुविर शर्माको संयोजकत्वका निर्वाचन परिचालन समिति गठन गरिएको हो । सो समितिमा गठबन्धन दलमा आवद्ध सबै दलका क्षेत्रीय समिति मातहतका नेता तथा कार्यकर्ता सदस्य हुनुहुन्छ ।

सो निर्वाचन क्षेत्रमा वाम–लोकतान्त्रिक गठबन्धनकातर्फबाट प्रतिनिधिसभातर्फ पूर्व सभामुख ओनसरी घर्ती उम्मेदवार हुनुहुन्छ । यस्तै प्रदेशसभातर्फ भरतप्रसाद फुयाल र धु्रव केसी उम्मेदवार हुनुहुन्छ ।

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललगायत शीर्ष नेताको उपस्थितीमा उक्त निर्वाचन परिचालन समिति गठन गरिएको हो ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।