नेकपा एस बाहेक सत्ता गठबन्धनको पत्रकार सम्मेलन



धादिङ ।  

धादिङमा नेकपा एस बाहेक सत्ता गठबन्धनका दलका उम्मेदवारहरूले धादिङ बेसीमा पत्रकार सम्मेलन आयोजना गरी उम्मेदवारहरूले प्रतिबद्धता व्यक्त गरेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीले पत्रकार सम्मेलन गरेको दुई दिनपछि धादिङमा नेकपा माओवादी केन्द्र नेपाली काँग्रेसका उम्मेदवारहरु सहभागि पत्रकार सम्मेलन गरिएको हो ।

नेपाली कांग्रेसका सभापति धादिङ क्षेत्र नम्बर २ का उम्मेदवार रामनाथ अधिकारी, नेकपा माओवादी केन्द्रका तर्फबाट  धादिङ क्षेत्र नम्बर १ ख का उम्मेदवार सालिकराम जम्मरकट्टेल, नेपाली कांग्रेसका नेता धादिङ क्षेत्र नम्बर २ क का उम्मेदवार गोबिन्द लम्साल, नेकपा माओवादी केन्द्रका धादिङ क्षेत्र नम्बर २ ख का उम्मेदवार जगत सिंखडाको उपस्थिति रहेको पत्रकार सम्मेलनमा गठबन्धनका उम्मेदवारहरूले प्रतिबद्धता व्यक्त गर्दै सुशासन र विकासका लागि प्रतिबद्धता व्यक्त गर्नुभयो ।

एक्ला एक्लै चुनावी अभियान थालेका र आफ्नो लागि मात्र भोट मागेका नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रका नेताहरुले ठोस योजना नल्याए पनि विकासका लागि प्रतिबद्धता व्यक्त गरेका हुन् । प्रतिनिधि सभाका लागि धादिङ क्षेत्र नम्बर २ का नेपाली काँग्रेसका उम्मेदवार रामसाथ अधिकारीले एक पालिका तिन प्राविधिक शिक्षालय, बुढी गण्डकी जलविद्युत आयोजनाको  निर्माण, कृषि पर्यटनका लागि रुबीभ्याली, भाषा, कल, साहित्य संरक्षणका काम गर्न  बताउनुभयो । गठबन्धनका तर्फबाट आफूले निर्वाचन जितेमा कायापलट हुने उहाँको भनाइ छ।

बागमति प्रदेशका आर्थिक मामला तथा योजना मन्त्री रहनु भएका नेकपा माओवादी केन्द्रका धादिङ क्षेत्र नम्बर १ ख का प्रदेशसभाका उम्मेदवार सालिकराम जम्मरकट्टेलले निरन्तरताले विकास सम्भव नहुने भएकोले आफूलेरणनितिक योजनाको काम गरेको र आगामी दिनमा विकासका काम गर्ने बताउनुभयो ।  प्रदेशसभाका लागि धादिङ २ क का नेपाली कांग्रेसका उम्मेदवार गोबिन्द लम्सालले आफूले शिक्षा, स्वास्थ्य, सडकमा ध्यान दिने बताउनुभयो । प्रदेशसभाका लागि धादिङ २ ख का नेकपा माओवादी केन्द्रका उम्मेदवार जगत सिंखडाले बोलेर धेरै कुरा भन्नुभन्दा व्यवहारले विकासका काम गरेर देखाउने बताउनु भयो ।

सामाजिक संजाललाई हेर्दा नेपाली कांग्रेसले आफ्नो उम्मेदवार मात्र प्रचार गरिरहेको र नेकपा माओवादी केन्द्रले आफ्नो मात्र उम्मेदवारहरूको प्रचार प्रसार गरिरहेको सन्दर्भमा गरिएको पत्रकार सम्मेलनमा समेत नकपा एस भने सहभागी भएन । स्थानीय तहको निर्वाचन हेर्दा नेपाली काँग्रेस र नेकपा एमालेबिच प्रतिस्पर्धा हुने देखिएको छ । मतका हिसाबले छुट्टा छुट्टै मत हेर्न सकिने अवस्था नभएपनि नेकपा एमाले, नेपाली काँग्रेसको प्रतिस्पर्धा देखिएको छ। नेकपा माओवादी केन्द्रलाई निर्वाचन हात पार्नका लागि नेपाली काँग्रेस कार्यकर्ताले मत दिनु पर्ने हुन्छ भने नेकपा एस धादिङको क्षेत्र नम्बर १ मा उम्मेदवार भएकोमा नेपाली काँग्रेस र माओवादी केन्द्र बिना प्रतिस्पर्धा गर्न सक्ने अवस्थामा देखिएको छैन ।

प्रतिक्रिया दिनुहोस्