सत्यमोहन जोशीको शरीर अध्ययनका लागि राखिने



काठमाडौं ।

वाङमय शताब्दी पुरुष सत्यमोहन जोशीको शरीर नजलाउने निर्णय भएको छ। आइतबार किष्ट अस्पतालमा परिवार, महानगर र अस्पताल प्रशासनबीच भएको छलफलपछि  अध्ययनका लागि जोशीको शरीर  नजलाई राखिने निर्णय भएको हो ।

ललितपुर महानगरपालिका परिसरमा शवलाई अन्तिम श्रद्धाञ्जलीका लागि राखिने भएको छ । शवमा नसाबाट केमिकल राखेपछि अन्तिम श्रद्धाञ्जलीका लागि ललितपुर महानगरपरिसरमा राखिने निर्णय भएको अस्पतालका प्रोफेसर डाक्टर किशोर सिंह बस्नेतले जानकारी दिए।

अन्तिम श्रद्धाञ्जलीका लागि महानगर परिसरमा जाेशीकाे शव राख्ने साे पश्चात अध्ययनका लागि शव नगल्ने केमिकल प्रयोग गरेर राखिने डाक्टर बस्नेतले बताए । डाक्टर बस्नेतले जाेशीकाे शरीरलाई केमिकलमै डुबाएर अनन्तकालसम्म राख्ने जानकारी दिए ।अस्पतालले जोशीको शरीर कसरी राख्ने भन्नेबारे विस्तृतमा अध्ययन गरिसकेकाले उनकै इच्छा अनुसार शरीर अध्ययनका लागि राखिने बस्नेतले बताए।

प्रतिक्रिया दिनुहोस्