शताब्दी पुरुष सत्यमोहन जोशीको निधन



काठमाडाैं  ।

सताब्दी पुरूष सत्यमोहन जोशीको निधन भएको छ।

आइतबार बिहान उनको उपचारकै क्रममा किष्ट अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ। लामो समयदेखि प्रोस्टेट तथा मुटुको समस्याबाट पीडित जोशीकमा कमजोरी देखिएपछि यही असोज ७ गते किष्ट मेडिकल कलेजको इमर्जेन्सी वार्डमा भर्ना गरिएको थियो ।

उनमा डेङ्गु सङ्क्रमण, छातीमा निमोनियाको सङ्क्रमणका साथै मुटुको चालसम्बन्धी समस्या देखिएको र अक्सिजन स्याचुरेसन लेभल कमी भएको थियो ।

प्रतिक्रिया दिनुहोस्