सातै प्रदेशमा संयुक्त भेला गर्दै सत्ता गठबन्धन



काठमाडौं । 

चुनावी प्रयोजनका लागि सत्तारुढ गठबन्धनमा सहभागी दलहरूले देशका सातै प्रदेशमा संयुक्त भेला गर्ने भएको छ ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाको बैठकले प्रदेशस्तरीय भेला गर्ने निर्णय गरेको जानकारी दिँदै शनिबार गठबन्धनले संयुक्त विज्ञप्ति जारी गरेको छ ।

विज्ञप्तिमा कात्तिक ४ गते पोखरामा हुने संयुक्त भेलाको समन्वय नेकपा एकीकृत समाजवादीले गर्ने उल्लेख छ । यस्तै, ४ गते नै बुटवलमा, ५ गते विराटनगर र जनकपुरमा तथा ६ गते सुर्खेतमा हुने भेलाको कांग्रेसले समन्वय गर्ने छ । ६ गते धनगढीमा र ७ गते काठमाडौंमा हुने प्रदेशस्तरीय संयुक्त भेलाको समन्वय गर्ने जिम्मेवारी भने नेकपा माओवादी केन्द्रले पाएको छ ।

प्रतिक्रिया दिनुहोस्