प्यूठानमा जीप दुर्घटना : चालकसहित तीन जनाको मृत्यु


काठमाडौं । प्यूठानमा शुक्रबार जीप दुर्घटना हुँदा चालकसहित तीन जनाको ज्यान गएको छ ।

प्यूठानको बाग्दुलाबाट डामृतर्फ जाँदै गरेको लु १ ज १५४५ नम्वरको जीप जिल्लाको नौबहिनी गाउँपालिका–६ बहाने नजिकैको खहरे खोलामा दुर्घटना भएको हो ।

मृत्यु हुनेमा नौबहिनी गाउँपालिका– ५ डामृका रेमसरा बुढामगरकी २५ दिने शिशु चेतना बुढा, ४ बर्षीया करुणा बुढामगर र सोही ठाउँ निवासी जीप चालक समेत रहेका २५ बर्षीय लुकेश थापा रहेका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका ३० वर्षीय दलबहादुर खत्री र १२ वर्षीय अस्मपतालमा पुनमगरको प्यूठान अस्तालमा उपचार भइरहेको छ । जीपमा १८ जना सवार रहेकामा १३ जना सामान्य घाइते छन् ।

उनीहरुको बिजुवार अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार जीप अनियन्त्रित भई सडकदेखि करिब ४० मिटर तल खसेर दुर्घटना भएको हो ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।