इन्जाद्वारा पत्रकार पौडेललाई आर्थिक सहयोग


काठमाडौं ।

नेपाली पत्रकारहरुको अन्तराष्ट्रिय संन्जाल (इन्जा)ले उपचारत पत्रकार माधव पौडेललाई आर्थिक सहयोग उपलब्ध गराएको छ ।

पौडेल लामो समयदेखि मेरुदण्डको समस्याका कारण उपचारत हुनुहुन्छ । नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य समेत रहनु भएका पौडेललाई इन्जा एसियाका अध्यक्ष टंक पन्त र इन्जा ग्लोवलका सचिव दीपक रिजालले संस्थाको तर्फबाट तत्कालका लागि ५० हजार रुपियाँ हस्तान्तण गर्नुभएको छ ।

शुक्रबार कपनस्थित उहाँकै निवास पुगेर आर्थिक सहयोग उपलब्ध गराईको इन्जा एसियाका अध्यक्ष पन्तले जानकारी दिनुभयो । विभिन्न कारणले आर्थिक समस्यामा परेका नेपालका संञ्चारकर्मीहरुलाई संस्थाले आर्थिक सहयोग गर्दै आएको इन्जाका ग्लोवल अध्यक्ष गुणराज लुइटेलले बताउनुभएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।