नवलपरासीमा ८ उम्मेदबारको मनोनयन फिर्ता



नवलपरासी । मंसिर ४ मा हुने प्रतिनिधि तथा प्रदेशसभाका लागि निर्वाचन अधिकृतको कार्यालय पूर्वी नवलपरासीमा मनोनयन दर्ता गराएका गठवन्धनका सहित ८ उम्मेदबारले आफ्नो मनोनयन फिर्ता लिएकाछन् ।

यसरी उम्मेदबारी फिर्ता लिनेमा गठवन्धनका तर्फबाट संघीय सभा क्षेत्र नं.२ मा मनोनय दर्ता गराएका नेकपा माओबादी केन्द्रका बैकल्पिक केन्द्रिय सदस्य बालकृष्ण गैरे (किशन शमार्) तथा प्रदेश सभा निर्वाचन क्षेत्र नं.२ क बाट मनोनय दर्ता गर्ने नेपाली काग्रेस गण्डकी प्रदेश महामन्त्रि एवं निवर्तमान प्रदेश सांसद विष्णु प्रसाद लामिछाने रहनु भएको छ ।

केन्द्रिय सहमति अनुसार उम्मेदबारी फिर्ता लिनका लागि दिउसो पौने १ बजे निवार्चन अधिकृतको कार्यालयमा पुग्नु भएका गैरेले उम्मेदबारी फिर्ताको निवेदन बुझाउने क्रममा ढिलाई गरेकोले १ बजे पछि उम्मेदबारी फिर्ता लिन नमिल्ने भन्दै नेकपा एमाले कार्यकर्ताले हो हल्ला गरेका थिए ।

सो क्रममा विबाद बढ्दै गए पछि १ नवज्दै निर्वाचन कार्यालय पुगेको ब्यक्तिले आफ्नो मनोनयन फिर्ता लिन किन नपाउने भन्दै माओबादी सहित गठवन्धन पक्ष र ढिलो भयो पाईदैन भन्ने एमाले पक्ष बीच धकेला धकेल हुदा हस्ताक्षरित निवेदन सहित उभिएका गैरे चेपुवामा पर्नु भएको थियो ।

करिव १० मिनटको ठेलमठेलमा पेलिएका गैरे स्वास्थ्यमा समस्या देखिए पछि मध्यविन्दु जिल्ला अस्पताल पुग्नु भएको थियो । वहांको जिल्ला अस्पतालमा स्वास्थ्य परिक्षण गरिएको छ ।

मनोनयन फिर्ताका विषयमा कार्यालय परिसर अशान्त भए पछि सशस्त्र र जनपथ शुरक्षाबलले स्थिति नियन्त्रणमा लिएको थियो । अन्तत अपरान्ह ४ बजे गैरे, लामिछाने सहितका ८ उम्मेदबारहरुले मनोनयन फिर्ताको सूचना निर्वाचन कार्यालयले टांस गरेको थियो ।

यसरी मनोनय फिर्ता गर्नेमा प्रतिनिध सभा ४ र प्रदेशसभाका ४ उम्मेदबार रहेकाछन् । पछिल्लो गठबन्धनीय सहमति अनुसार पूर्वी नवलपरासीको क्षेत्र नं.२ संघीय निर्वाचनका लागि नेपाली कांग्रसका बिष्णु कुमार कार्की र सोही क्षेत्रको प्रदेश सभा क मा नेकपा माओबादी केन्द्रका सौगम कुमार सिरपाली बिक आधिकारीक उम्मेदबार बन्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस्